म्याच फिक्सिङका घटना हुन दिँदैनौँ : पारस खड्का
सोमबार, २६ कात्तिक २०८१, २१ : १६

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन् ।
नक्सालमा सोमबार एनपीएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घण्टा निगरानी राख्ने बताएका हुन् ।
साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने बताए । उनले एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते