सिभिल सहकारीमा ६ अर्ब २१ करोडको मागदाबी, १५७७ जनाले दिए आवेदन

काठमाडौँ । समस्याग्रस्त सिभिल सहकारीमा डुबेको बचत फिर्ता गर्न ६ अर्ब २१ करोडको मागदाबी परेको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हालसम्म सो बराबरको मागदाबी परेको हो ।
हालसम्म कुल १ हजार ५७७ जनाले बचत फिर्ताको लागि आवेदन दिएको कार्यालयका सदस्य सचिव महेश आचार्यले जानकारी दिए ।
यसरी मागदाबी भएको रकममध्ये बचत खाता अन्तर्गत ३ अर्ब ७३ करोड ५८ लाख, मुद्दती खाता अन्तर्गत २ अर्ब ४७ करोड ३५ लाख र शेयर बचत अन्तर्गत ५३ करोड ७१ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । त्यस्तै, अपार्टमेन्ट दिने शर्तमा जम्मा गरिएको भन्दै ५ लाख रुपैयाँको दाबी परेको छ ।
सिभिल सहकारीलाई बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १५ गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै बचत मागदाबीका लागि समितिले ३५ दिन समय दिएर आवेदन आह्वान गरेको थियो । मंगलबार यसका लागि ३५ दिनको समय सकिँदैछ । यद्यपि यो समय अझै थपिने सदस्य सचिव आचार्य बताउँछन् ।
सिभिलको व्यवस्थापन गर्ने जिम्मा पाएपछि त्यसको सफ्टवेयर र अरू विवरण प्राप्त गर्ने प्रयास गरेको थियो । तर, यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लगिसकेकोले कार्यालयमा केही पनि प्राप्त हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूची)
-
फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी
-
गर्मीमा काँक्रो खानुका अनेक फाइदा
-
‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू
-
खाना खाएपछि १० मिनेट हिँड्नुहोस्, रोगबाट टाढा रहनुहोस्
-
इटालियन सिरी’ए : शीर्ष स्थानको इन्टर मिलान जित्दा, एटलान्टा र युभेन्ट्स पछारिए