‘कन्दरा’ र स्वप्न सुमन लन्डनमा गुन्जिने

काठमाडौँ । नेपालको स्थापित म्युजिक ब्यान्ड ‘कन्दरा’ले लन्डनमा कन्सट गर्ने भएको छ । ‘कन्दरा’ले आफ्नो यात्राको ३२ औँ वर्षगाठ पारेर विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सव स्वरूप कार्यक्रम गर्न लागेको हो ।
आगामी ४ जनवरीमा आयोजना हुने कार्यक्रममा ‘कन्दरा’सँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिने कार्यक्रमको आयोजक मामाघर इन्टरटेनमेन्टले जानकारी दिएको छ । कार्यक्रममा कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
थुप्रै चर्चित गीत दिएका ‘कन्दरा’ पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्कन लागेको ‘कन्दरा’ले शनिबार काठमाडौँमा पनि कन्सट गरेको थियो । कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौँ गीत चर्चित छन् । चर्चित गीत र नयाँ गीत कार्यक्रममा राख्ने ‘कन्दरा’ले जनाएको छ । आयोजकले कार्यक्रमको टिकट अनलाइन मार्फत उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न