चीनको सहयोग सराहनीय : टंकलाल घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् ।
चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधि मण्डलसँग सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘चीन सरकारले खेलकुदसहित नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय छ । यसले नेपाल र चीनबिच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्ववस्त छु ।’
सदस्य सचिव घिसिङले दुई देशबिच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृहकार्य गरी अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाउँदै राखेपलाई खेल सामाग्री र खेलकुद विज्ञान रिसर्च ल्याबका लागि सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए ।
निर्देशक याङसहितको प्रतिनिधि मण्डल पोखरामा भएको क्रस कन्ट्री दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
निर्देशक याङले नेपालसँग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेषगरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउँदै युनान भ्रमणका लागि निमन्त्रणा गरे । उनले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नु पर्नेमा जोड दिँदै आउटडोर स्पोर्ट्सका लागि युनान एक उत्कृष्ट स्थल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय