डेडिकेटेड र ट्रंक लाइन विवाद
सरकारले महसुल नउठाउने भनेको होइन, सहजीकरण गरेको हो : ऊर्जामन्त्री खड्का
सोमबार, २६ कात्तिक २०८१, १८ : २३

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको महसुल उद्योगीहरू तिर्नैपर्ने बताएका छन् ।
सोमबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले लाल आयोगले प्रतिवेदन बुझाएको र सुझाव दिएकाले सोही आधारमा महसुल उठाउनुपर्ने बताएका हुन् । उनले भने, ‘यसलाई लामो समय अल्झाइरहनु पर्दैन । कुरा स्पष्ट छ, प्राधिकरणले बिल दिएर विद्युत् प्रयोग गरेको प्रमाणित गर्नुपर्यो । उद्योगीले महसुल तिर्नुपर्यो ।’
ऊर्जामन्त्री खड्काले लाइन काटेर समस्याको समाधान नहुने भन्दै सरकारले सहजीकरण गरिदिएको बताए । उनले भने, ‘लाइन काटेर समस्याको समाधान हुँदैन । टीओडी मिटरका आधारमा उद्योगीले महसुल तिर्नुपर्छ । प्राधिकरणले लाइन जडान गर्नुपर्छ । मन्त्रिपरिषद्ले पनि सोही निर्णय गरेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक