आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र ‘गुन्यो चोलो’ ले पायो अमेरिकाको प्रतिष्ठित पीजीए मार्क

सोमबार, २६ कात्तिक २०८१, १७ : ४३
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यो चोलो–कमिङ अफ अ्याज अफ अ गर्ल’ अर्थात ‘गुलाबी’ ले अमेरिकाको पीजीए मार्क (प्रोडय्सर गिल्ड अफ अमेरिका) प्राप्त गरेको छ । चलचित्रबाट ट्रान्सजेन्डरहरुको पहिचान र सामाजिक चुनौतीहरूको खोजी गरेको भन्दै निर्माता आकाश बुढाथोकीलाई यो अवार्ड दिइएको हो । मार्कले नेपाली चलचित्र क्षेत्रमा बुढाथोकीको योगदान र नेपाली चलचित्रलाई विश्वव्यापी मञ्चमा पुर्याउन उनको भूमिकालाई दर्साउँछ । 

अमेरिकाको पीजीए मार्क (प्रोडय्सर गिल्ड अफ अमेरिका) एक प्रतिष्ठित प्रमाणीकरण हो । जसले चलचित्र र टेलिभिजनको संसारका निर्माता वा सबैभन्दा प्रभावशाली र मनोरञ्जनात्मक उत्पादन उपलब्धिहरूलाई सम्मान गर्ने गर्दछ । यो अर्वाड प्राप्त गर्ने लिस्टमा कमै नेपाली निर्माताहरू पर्ने गरेका छन् । चलचित्र केही समयअघि अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा पनि छनोट भएको थियो । 

अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको ‘गुलाबी’ ले ट्रान्सवुमनको कथामा निर्माण भएको छ । फिल्ममा  अभिनेता नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन् । 

निर्देशक भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद रहेको फिल्ममा नाजिरको अलावा सञ्चिता लुइँटेल, सुशील सिटौला,अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले खरिद गरेको छ । चलचित्रलाई फेस्टिभलहरूमा प्रदर्शनपछि मात्र नेपालमा प्रदर्शन गरिने बताइएको छ ।

नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप