स्वर्णलक्ष्मी सहकारीको ऋण उपसमिति सदस्य कमल लामा पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा छन् । ५१ वर्षीय लामालाई तिनचुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । लामा सो सहकारीको तत्कालीन ऋण उपसमिति सदस्य हुन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ पर्नेका सङ्ख्या २ पुगेको छ । यसअघि लेखा समितिकी सदस्य काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा पक्राउ परेकी थिइन् ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
अध्यक्ष जीवी राई, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नवीन अछामी र पूर्व अध्यक्ष दीपक लामाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै, कल्पना कुमारी श्रेष्ठ र पूर्वप्रबन्धक भूपेन्द्र राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक