हिरासतमा लिलाबल्लभ : दुध पिउँछन्, बैंकिङ कसुरका थुनुवासँग गफ गर्छन्

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतबारदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनीविरुद्ध फर्जी कागजात बनाएर जापानमा मानव तस्करी गरेको आरोप छ । उनी आफैँपनि टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका हुन् ।
जापान प्रकरणमा पक्राउ परेका अरू ६ जना र अधिकारीलाई छुट्टाछुट्टै राखिएको छ । अधिकारीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको ‘भीआईपी कक्ष’मा राखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । अधिकारीसँग कुरा गर्न भनेर बैंकिङ कसुरमा पक्राउ परेका ३–४ जना आरोपीलाई सँगै राखिएको छ । उनी तिनै बैंकिङ कसुरका थुनुवाहरूसँग गफ गरेर समय बिताउँछन् ।
जिल्ला अदालत काठमाडौँबाट आइतबार दुई दिनको म्याद थप भएपछि साँझ अधिकारीले सादा खाना र दुध पिए । थुनुवाहरूसँग उनले भने, ‘मासु खाँदा पचाउन सक्दिनँ, साधारण खान्छु ।’
सोमबार बिहान खानापछि र दिउँसो खाजापछि पनि उनले दुध पिए । दिउँसो फलफूल खाएपछि उनले दुध पिएका हुन् । पूर्वमन्त्री अधिकारीले सादा खाना र दुध उपलब्ध गराउन आफूहरुलाई भन्ने गरेको एक अधिकृतले बताए ।
उनीविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । सो ऐन अनुसार कसुर पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालय कमजोर र निरीह भयो : आङ्बो
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ
-
तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने
-
सरकारी लेटरहेडमै पूर्वराजालाई 'श्री ५' को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?