रविसँगको विशेष बैठकपछि रास्वपाका नेताले भने– राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखियो

काठमाडौँ । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग बसेको विशेष बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको बताए ।
अर्का उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लगिने जानकारी पाएको भन्दै दोस्रो चरणको आन्दोलन र त्यसको मोडालिटीबारे पर्सी जानकारी गराउने बताए । प्रवक्ता मनिष झाले जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको बताए ।
‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन । हिजो भर्खर १३ दिन म्याद थपिएको छ । हामीले स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौ । राजनीतिक दल प्रक्रियागत रूपमा चल्नुपर्छ । त्यसैले यसबारे केन्द्रीय समितिमा छलफल गर्छौ र धारणा सार्वजनिक गर्छौ’, झाले भने । उनले लोकतन्त्रको आडमा सरकारले अधिनायकवादी चरित्र देखाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै