राजनीति
प्रहरी हिरासतभित्रै रास्वपाको ‘विशेष’ बैठक !
सोमबार, २६ कात्तिक २०८१, १५ : ०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेर अनुसन्धान गरिरहेको छ । लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारीकाबीच रास्वपाका नेताहरू हिरासतमै बैठक बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा