विद्युत प्राधिकरण सञ्चालक समिति बैठक
प्राधिकरण सञ्चालक समितिको बैठकमा कुलमानले राखे फरक मत
सोमबार, २६ कात्तिक २०८१, १५ : ०४
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सुरु भएको छ । बैठकमा डेडिकेटेड तथा ट्रंक लाइन विवादमा यसअघि काटिएको उद्योगहरुको लाइन जोड्नेसम्बन्धी प्रमुख एजेण्डा रहेको छ ।
तर, बैठकको सुरुमै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुको लाइन जोड्नेबारे फरक मत राखेका छन् । उनले प्राधिकरणले कानुनअनुसार नै बिजुलीको लाइन काटेकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।
ऊर्जा मन्त्री दीपक खड्काको अध्यक्षतामा सुरु भएको बैठकमा सञ्चालक समितिका दुई सदस्य भने अनुपस्थित भएको मन्त्रालय निकट स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले काटिएका उद्योगहरुको लाइन सोमबार जोड्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयमा बैठक बसेपनि कुलमानले असन्तुष्टि जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
-
माओवादीभित्र शक्ति संघर्ष : गुटको टकराब कि विचारको मन्थन ?
-
काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण
-
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण
-
सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै