अहिलेसम्मकै तातो वर्ष बन्ने बाटोमा २०२४
सोमबार, २६ कात्तिक २०८१, १६ : ००
बाकु । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने बाटोमा रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुने चेतावनी दिएको हो ।
डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबिचको विश्वव्यापी औसत तापक्रम १९ औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १ दशमलव ५४ डिग्री सेल्सियस बढी थियो ।
सन् २०१५ मा पेरिसमा लगभग दुई सय देशहरूले जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावलाई कम गर्ने आशामा बढ्दो तापक्रमलाई सीमित गर्ने कोसिस गर्ने वाचा गरेका थिए । तर यो लामो समयको औसत भएकोले १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म नटुटेको युएनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा कायवाहक राष्ट्रपतिमाथि पनि महाभियोग
-
कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच १९ बुँदे सम्झौता
-
फिल्म‘जन्ते बाख्रो’को शुभमुहूर्त, तस्बिरहरु
-
भीम रावलसामु ‘कम्युनिस्ट’ शब्दविनाको पार्टी खोल्नेसहितका ३ विकल्प
-
सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
-
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहको तयारी पूरा