राजनीति
एकीकृत समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु, माधव नेपालले गरे उद्घाटन
सोमबार, २६ कात्तिक २०८१, १५ : ४३

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा सहभागी छन् ।
समाजवादीका केन्द्रीय सदस्य वसन्त विश्वकर्माका अनुसार सोमबार उद्घाटन र मङ्गलवार बन्दसत्र सुरु हुनेछ । त्यसपछि प्रदेश समितिका पदाधिकारी चयनका लागि प्रक्रिया अगाढि बढाइने छ ।
अधिवेशनबाट १३१ जनाको प्रदेश कमिटी निर्वाचित हुने छ । अधिवेशनका सहभागी हुन अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी रहेका छन् । अधिवेशन वीरेन्द्रनगरको सिद्धार्थ सहकारीको हलका चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा