विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
सोमबार, २६ कात्तिक २०८१, १५ : १९
![विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित](https://npcdn.ratopati.com/media/news/oli_rpyxXyBPPQ.jpg)
काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ६५७ विद्यार्थीलाई दीक्षित गरेका छन् ।
प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।
प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीले दीक्षित गरेका हुन् ।
भारतका शिक्षाविद् प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए ।
कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्
-
कर्णालीमा जनयुद्ध दिवस : १२ स्थानीय तहले दिए बिदा !
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित
-
कोशी प्रदेशसभाका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार