मेरोबारे धेरै गलत सूचनाहरू सम्प्रेषण भएका छन् : मन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरूले महिलालाई बढी सिकार बनाएको गुनासो गरेकी छन् ।
युएन वुमनद्वारा सोमबार राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले आफ्नै बारेमा धेरै गलत सूचनाहरू सम्प्रेषण भएको भन्दै आफूले जस्तै विश्वका महिला नेतृहरूले पनि यस्तै अनुभव सुनाउने गरेको बताइन् । उनले आफू हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरूले पनि यो अनुभव सेयर गरेको उल्लेख गरिन् ।
‘बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरूले महिलालाई बढी सिकार बनाएको मेरो अनुभव छ । जस्तो कि यहाँ मेरा बारेमा पनि कतिधेरै गलत सूचनाहरू सम्प्रेषण गरिएका थिए‚’ उनले भनिन्‚ ‘विश्वका महिला नेतृहरूको पनि यस्तै अनुभव रहेछ । म हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरूले पनि यो अनुभव सेयर गर्नुभएको थियो ।’
मन्त्री डा राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको अनुभव सुनाइन् । उनले सबैखाले चुनौतीका विरुद्धमा लडेरै अघि बढ्नुपर्ने पनि बताइन् ।
‘महिला सशक्तीकरणका लागि हामीले बाटो बनाएका छौँ । हामीले दिशा पनि निर्धारण गरेका छौँ । हामीले कामका लागि गति सिर्जना गरेका छौँ‚’ उनले भनिन्‚ ‘तर पनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ ।’
मन्त्री राणाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका उल्लेख गरेकी छन् ।
३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश