भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने नेपालीलाई एनओसी नचाहिने

काठमाडौँ । श्रम स्वीकृति लिएर भारतको विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै एनओसी नचाहिने जनाएको हो ।
श्रम स्वीकृति भएका नेपालीलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य मुलुक जानको लागि एनओसी नचाहिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । यूएसए, यूके तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ ।
साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी नचाहिने दूतावासले जनाएको छ ।
रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने दूतावासले जनाएको छ ।
पछिल्लो समय हवाई सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय हवाई भाडामा चर्को वृद्धि गरेका छन् । मेनपावर व्यवसायीहरूले त्यसको विरोध गर्दै भारतको बाटो हुँदै जाँदा आवश्यक पर्ने एनओसी खारेज गर्न माग गर्दै आएका थिए । सोही आधारमा दूतावासले तत्कालका लागि एनओसी नचाहिने व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक