सडक
टुकुचामा भासिएको सडकको निर्माण बल्ल सुरु, तस्बिरहरु
सोमबार, २६ कात्तिक २०८१, १४ : २२
काठमाडौँ । कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य बल्ल सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको काठमाडौँ प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो ।
सडक विभागले दुई महिनामा काम सक्ने गरी डिजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ ।