ट्रम्पबाट अवैध आप्रवासीको प्रवेशमा लगाम कस्ने नयाँ जिम्मा पाएका टम होमन को हुन् ?
वासिङटन डीसी । भर्खरै अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले सोमबार एउटा ठुलो घोषणा गरे । पूर्व अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) का निर्देशक टम होमनलाई आफ्नो प्रशासनमा सामेल गरेको ट्रम्पले घोषणा गरेका छन् ।
टम होमन आफ्नो आगामी प्रशासनमा ‘सीमा जार’को रूपमा सामेल हुने उनले बताएका छन् । होमनले अमेरिकामा बस्दै आएका अवैध विदेशीहरूलाई तिनीहरूको मूल देशमा निर्वासन गर्ने जिम्मेवारी पाएको बताइएको छ । होमनले अमेरिकी सिमा हेर्ने जिम्मा पाएको र सीमालाई नियन्त्रण गर्ने विषयमा उनीभन्दा राम्रो अरू कोही नभएको पनि ट्रम्पले भनेका छन् ।
‘यो घोषणा गर्न पाउँदा म निकै खुसी छु कि पूर्व आईसीई निर्देशक र सीमा नियन्त्रणका दिग्गज टम होमन ट्रम्प प्रशासनमा सामेल हुनेछन् र हाम्रो देशको सीमाना (सीमा जार) को जिम्मेवारी सम्हाल्नेछन्, यसमा दक्षिणी सीमा, उत्तरी सीमा, सबै सामुद्रिक र उड्डयन सुरक्षा समावेश छ ।’ आफ्नो सामाजिक सञ्जाल मञ्च टुथ सोशलमा ट्रम्पले एउटा पोस्टमा लेखेका छन् ।
को हुन् टम होमन ?
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अवैध आप्रवासीप्रति शून्य सहनशीलताको अध्यागमन नीति अपनाएका थिए । होमन यी नीीतका सार्वजनिक अनुहार थिए । नजरबन्द र निर्वासनको प्रक्रियामा परिवारलाई सँगै राख्ने अभ्यासबाट यो विल्कुल अलग थियो ।
फलतः वैधानिक कागजात नभएका हजारौँ आप्रवासी बालबालिकाहरूलाई उनीहरूको परिवारका सदस्यहरूबाट अलग्गै राखियो । यो नीति निकै आलोचित बनेको थियो ।