अख्तियार सत्ता, शक्ति र भ्रष्टाचारको पर्यायवाची भयो : अर्जुननरसिंह केसी
काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले आम रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ता, शक्ति र भ्रष्टाचार पर्यायवाचीको भाष्य बनेको बताएका छन् । यो भाष्य चिर्न अख्तियारले निष्पक्षतापूर्वक काम गर्न र सक्रिय हुने वातावरण बनाउन आवश्यक भएको उनले बताए ।
सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले शक्तिको दुरुपयोग नहोस् भनेर अख्तियार स्थापना भएको बताए ।
उनले संवैधानिक परिषद्लाई भागवण्डा परिषद् जस्तो भएको बताउँदै असन्तुष्टि पोखे । उनले भने, ‘अख्तियारसहितका संवैधानिक निकायका प्रमुख, पदाधिकारीहरू र प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी संवैधानिक परिषद्लाई छ । भागवण्डा परिषद् नबनाऔँ । तब मात्रै निष्पक्ष काम हुन्छ ।’
केसीले नीतिगत निर्णयका नाममा व्यापक भ्रष्टाचार भएको बताउँदै प्लेन खरिद र ललिता निवासको विषय यसको उदाहरण भएको बताए । उनले भने, ‘नीतिगत निर्णय नियन्त्रण भएन भने भ्रष्टाचार नियन्त्रण हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)