जापानमा मानव तस्करी प्रकरण
कोशीका पूर्वमन्त्री लिलाबल्लभ पक्राउ परेकोबारे प्रदेश सभाले निकाल्यो सूचना
सोमबार, २६ कात्तिक २०८१, १३ : ४२

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।
सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।
अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?
-
कहाँ फ्याँक्नु पर्छ म्याद गुज्रिएका औषधि ?
-
मनाउँछौँ दिवस मानेर आनन्द
-
स्वास्थ्यसचिव नियुक्ति विवाद : गल्ती डा. मिश्राको कि सरकारको ?
-
निर्माण भएको तीन वर्षसम्म ताला ठोकिएको सिटी हल उद्घाटन, अब सञ्चालनमा आउला ?
-
गणतन्त्रका शासक बिग्रँदा राजावादी उठे