स्क्विड गेम छायांकन गर्दा ९ वटा दाँत झरेको थियो: निर्देशक दोङ–ह्युक
सोल । स्क्विड गेम दक्षिण कोरियाको चर्चित ड्रामा हो । नेटफ्लिक्सको यो ड्रामा संसारभर नै चर्चित बनेको थियो । यतिबेला शोका निर्देशक ह्वाङ्ग दोङ–ह्युक शोको अर्को पार्टको सुटिङमा व्यस्त छन् ।
शोको पहिलो हिस्साको छायाङ्कनका क्रममा आफ्ना नौ वटा दाँत झर्न पुगेको बीबीसी अन सेटमा दोङ–ह्युकले बताएका छन् ।
यसपछि यो शोको अर्को किस्ता नआउने उनले भनिसकेका छन् । यसको कारण उनले पैसा बताएका छन् । शोको पहिलो संस्करण विश्वभर नै चर्चित बनेको भएपनि यसबाट आफूले खासै पैसा नकमाएको पनि उनले बताए । दोस्रो संस्करण गरेर पहिलोको सफलताको क्षतिपूर्ति पाइने आशा उनले गरेका छन् । स्क्विड गेम नेटफ्लिक्सको अहिलेसम्मकै सर्वाधिक सफल शोमध्येमा पर्दछ । यसले विश्वभरका दर्शकसामु दक्षिण कोरिया र त्यहाँको घरेलु टिभी ड्रामालाई चिनाउने काम गरेको थियो ।
शोको पहिलो संस्करणमा सबै पात्रको मृत्यु हुने भएकोले नयाँ संस्करणका लागि उनले नयाँ काष्ट र नयाँ सेट बनाउनु पर्यो । यस पटक दर्शकको अपेक्षाले आकाश छोएको छ । ‘यतिबेला मैले निकै दबाब महसुस गरिरहेको छु,’ उनले भनेका छन् । पहिलो शो आएको तीन वर्ष भइसकेको छ । यतिबेला ह्वाङ विश्वको अवस्थाप्रति झनै निराशावादी बनेका छन् । यतिबेला विश्वका अलग–अलग स्थानमा चलिरहेको युद्ध, जलवायु परिवर्तन र विश्वमा धनी र गरिबबीचको बढ्दो अन्तरतर्फ उनले औंल्याएका छन् ।
द्वन्द्व धनी र गरिबबीच मात्रै सीमित छैन । विविध पुस्ता, लिङ्ग र राजनीतिक गुटबिच पनि द्वन्द्व चलिरहेको उनी भन्छन् । विश्वको अवस्था हेरेर शोका लागि आफूले नयाँ लाइनहरू लेखिरहेको र यतिबेला आफूहरू विरुद्ध उनीहरूको युगमा भएको पनि उनले बताए । यो संस्करणमा उनले थप गुटबन्दी र लडाई झगडा देखाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा