‘दराज ११.११’ योजनाका लागि सानिमा बैंकले गर्यो सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने जनाइएको छ ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो योजना आजदेखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
-
विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन
-
मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’
-
लुम्बिनीमा एसईईकाे तयारी पूरा, ढुक्क भएर परीक्षा दिन मुख्यमन्त्रीकाे आग्रह
-
जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण
-
बजेट व्यवस्थापन गर्न बागमतीमा आयोजना बैंक, कसरी हुन्छन् योजना छनोट ?