आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

हाइटीमा ६ महिनामै बर्खास्त भए प्रधानमन्त्री

सोमबार, २६ कात्तिक २०८१, १३ : ०३
सोमबार, २६ कात्तिक २०८१

पोर्ट–अउ–प्रिन्स । हाइटीका प्रधानमन्त्री गेरी कोनिल बर्खास्त भएका छन् । पद सम्हालेको छ महिनाभन्दा कम अवधिमै त्यहाँको सत्तारुढ परिषद्ले उनलाई पदबाट हटाएको हो । 

परिषद्का ९ मध्ये ८ पार्षद्हरूले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कोनिलको ठाउँमा व्यवसायी तथा हाइटीका पूर्व सांसद अलिक्स दिदेयर फिल्स–एमीलाई नियुक्त गरेका छन् ।

संयुक्त राष्ट्र संघका पूर्व अधिकारी समेत रहेको कोनिलले हेइटीले गिरोहले मच्चाइरहेको उत्पातबाट बाहिर निकाल्ने र सन् २०१६ यता देशको पहिलो राष्ट्रपति निर्वाचनको लागि मार्ग प्रशस्त गर्न आशा गरिएको थियो । आफ्नो बर्खास्तीलाई कोनिलले गैरकानूनी भनेका छन् ।

परिषद्को यस कदमले हाइटीको भविष्यप्रति गम्भीर रुपमा चिन्ता बढाएको एक पत्रमा उनले लेखेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । हाइटीमा यतिबेला न त राष्ट्रपति छन् न त संसद नै छ । त्यहाँको संविधान अनुसार संसदले मात्रै सत्तासीन प्रधानमन्त्रीलाई बर्खास्त गर्न सक्छ । कोनिलले जुन ३ मा मात्रै प्रधानमन्त्रीको शपथ लिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप