छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु
सोमबार, २६ कात्तिक २०८१, १२ : ४८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
- बागलुङ, जैमिनी नगरपालिका-७ हर्देवा पाखास्थित भित्री सडकमा छिस्तिबाट बागलुङ बजारतर्फ जाँदै ग.२ च ९२४७ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब ५ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक जैमिनी नगरपालिका-८ केवई बस्ने ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरू २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीषको मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनालाई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ पठाइएको छ ।
- सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा ना.६ ख.२०९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रौतहट, चन्द्रपुर नगरपालिका-१ पौराई लच्कन पुल नजिक सडकमा बाग्मती बि एसी ५६०३ नम्बरको कारको ठक्करबाट भारत बिहार पश्चिम चम्पारण पर्सौनी मानपुर बस्ने ४० वर्षीय भोला गिरीको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल प्रालि चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा बिग्रिएको लु.५ त १४०९ नम्बरको धान काट्ने मेशिन मर्मत पश्चात् राजमार्गमा निकाल्ने क्रममा मेशिन बनाउन आएका मिस्त्री गिरीलाई उक्त कारले ठक्कर दिएको थियो । कार र मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सर्लाही, बलरा नगरपालिका-१ हथिऔलस्थित सडकमा बिआर ३० एस ९३०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय राजीव सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी वीरगंज पर्सा हुँदै थप उपचारको लागि भरतपुर चितवनतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका जेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता