दुर्घटना
जाजरकोटको बाउसे खोलामा अर्को दुर्घटना, ३ जना घाइते
सोमबार, २६ कात्तिक २०८१, १२ : २८

सुर्खेत । जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले बताएको छ ।
गाडी बिच सडकमा पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । यस्तै केही बेरअघि जाजरकोटकै कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]