दुर्घटना
जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते
सोमबार, २६ कात्तिक २०८१, १२ : ०९

जाजरकोट । जाजरकोटमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।
बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो ।
२१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए । गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे