डोनाल्ड ट्रम्प र जर्मन चान्सलरबिच फोनमा कुराकानी

वासिङ्टन डीसी । आइतबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जसँग फोनमा कुराकानी गरेका छन् । जर्मन सरकारका प्रवक्ताले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रवक्ता स्टेफन हेबस्ट्रेटका अनुसार, ‘स्कोल्ट्ज र ट्रम्प युरोपमा शान्ति फर्काउने दिशामा मिलेर काम गर्न सहमत भएका छन् ।’ वार्तामा दुई नेताले जर्मनी र अमेरिकाबिचको सम्बन्ध र वर्तमान भूराजनीतिक चुनौतीहरूमा आफ्नो विचार साझा गरेको हेबस्ट्रेट बताउँछन् ।
जर्मन चान्सलरले गत हप्ता बुधवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति निर्वाचन जितेकोमा ट्रम्पलाई बधाई दिएका थिए । आफ्नो बधाई सन्देशमा उनले नेटो अनि जर्मन–अमेरिकी मित्रतालाई थप बलियो बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले आफ्नो चुनावी जीत पछि विश्वका ७० भन्दा बढी शीर्ष नेताहरूसँग कुराकानी भएको गत हप्ता एनबीसी न्युजलाई गत हप्ता बिहीबार डोनाल्ड ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?