बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

उपसभापति अर्याल भन्छन्– हिरासतमै भए पनि सभापतिसँग छलफल गरेर आन्दोलन तय हुन्छ

सोमबार, २६ कात्तिक २०८१, ११ : ३५
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोलप्रसाद (डीपी) अर्यालले दोस्रो चरणको सडक आन्दोलनको कार्यक्रम आज साँझ सम्म टुङ्गो लाग्ने बताएका छन् ।   

पोखरामा रहेका उनले सोमबार रातोपाटीसँग कुरा गर्दै आन्दोलनको दिशाको बारेमा छलफलमा रहेको बताए । आन्दोलन परिचालन समिति संयोजक समेत रहेका उनले यसका लागि पार्टी सभापति रवि लामिछानेसँग छलफल हुने जानकारी दिए । 

लामिछाने हिरासतमै रहे पनि समय मिलाएर बसेर संवाद गर्ने अर्यालले जानकारी दिए । यसका लागि काठमाडौँमै रहेका अर्का उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई पनि आफूले पोखरा बोलाएको उनले बताए । 

‘आज विज्ञप्ति निकाल्ने तयारी गर्दैछौँ । अहिले उपसभापति स्वर्णिम वाग्ले जीलाई पनि पोखरा बोलाएको छु‚’ उनले भने‚ ‘हिरासतमै भए पनि सभापतिज्यूसँग एकछिन बसेर छलफल गरेर साँझ सम्म कसरी जाने भनेर विज्ञप्ति जारी गर्छु ।’

पार्टीको शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो । 

मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय रास्वपाको छ । 

सोही कारण आन्दोलनको नयाँ कार्यक्रम तय गर्न छलफल गर्न लागिएको अर्यालको भनाई छ । सहकारीको बचत गोरखा मिडियामा ल्याएर अपचलनमा संलग्न रहेको संसदीय छानबिन समितिले निष्कर्ष सहितको प्रतिवेदन दिएपछि यतिवेला सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । हिजोमात्र उनलाई १३ दिन म्याद थप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप