सरकारको निर्णयपछि कुलमानको प्रतिक्रिया : यो विषय गम्भीर छ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आफूलाई आइनसकेको बताएका छन् ।
‘मलाई निर्णय आइपुगेको छैन । सञ्चारमाध्यममार्फत सुनेका चाहिँ छु । निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि यसबारेमा छलफल होला’, सोमाबार बिहान रातोपाटीसँग उनले भने।
बक्यौता नतिर्ने उद्योगहरुको लाइन प्राधिकरणले कानुन बमोजिम काटेको उल्लेख गर्दै घिसिङले अब छलफल नभईकन यसै भन्न नसकिने बताए । ‘यो गम्भीर विषय छ । पैसा नतिरेपछि हामीले निर्णय गरेको कानुनअनुसार हो । काटिएपछि जोड्नका लागि त्यहाँ सर्टेन प्रक्रिया छ,किस्तालगायतका व्यवस्था छ’, उनले भने, ‘अब जोड्नलाई प्रशासनीय कुरा भए । क्याबिनेटले निर्णय गरेपछि यसबारे छलफल होला नि त !’
आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा सोमबार १२ बजेभित्रै लाइन जोड्ने निर्णय गरेको थियो । यस्तै बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा