आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?
सोमबार, २६ कात्तिक २०८१, ०८ : १७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
मूल्यसूचीअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो टनेलको १३५, गोलभेँडा सानो लोकलको १००, आलु रातोको ८०, काउली स्थानीयको १२०, टाटेसिमीको ९० रुपैयाँ कायम भएको छ ।
यसैगरी लसुन सुकेको नेपालीको ३५०, लसुन हरियोको २५०, अदुवाको १५० रुपैयाँ कायम हुँदा केरा दर्जनको १७०, अनारको ४८०, अम्बाको १८० रुपैयाँ कायम छ ।