लेस्टरमाथि युनाइटेडको सहज जित
सोमबार, २६ कात्तिक २०८१, ०५ : ५७

ओल्ड ट्राफोर्ड । ब्रुनो फर्नान्डेजले क्लबका लागि २ सय ५० खेल खेल्दा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई प्रिमियर लिगमा ३–० गोलले पराजित गरेको छ । यो अन्तरिम म्यानेजरका रूपमा रुड भान निस्टलरोयको अन्तिम खेल पनि थियो ।
फर्नान्डेजले खेलको १७ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा भिक्टोर क्रिस्टेन्सनको आत्मघाती गोल युनाइटेडले उपहार पायो ।
दोस्रो हाफको अन्त्यतिर फर्नान्डेजले अलेहान्द्रो ग्रानाचोका लागि गोलको अवसर सिर्जना गरे । एरिक टेन हागले क्लब छाडेपछि युनाइटेडले पछिल्ला ४ खेलमध्ये ३ मा जित हात पारेको छ ।
अब नयाँ प्रशिक्षक रुबेन आमोरिम सोमबार ओल्ड ट्राफोर्ड आएर क्लबको नेतृत्व सम्हाल्नेछन् । ११ खेलबाट १५ अङ्क बटुलेको युनाइटेड हाल लिगको १३ औँ स्थानमा सीमित रहेको छ । लेस्टर १० अङ्कसहित १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?