सोसिडाडसँग स्तब्ध बन्यो बार्सिलोना
सोमबार, २६ कात्तिक २०८१, ०५ : ४८

सोसिडाड । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लिगमा दोस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली रियल सोसिडाडसँग ०–१ गोलले पराजित बनेको हो ।
युवा स्टार लामिन यामाल बिना नै मैदानमा उत्रेको बार्सिलोना खेलको ३३ औँ मिनेटमा पछि परेको थियो । सेराल्डो बेकरले सोसिडाडका लागि निर्णायक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गोल गरे पनि त्यसलाई विवादास्पद रूपमा अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
पराजयपछि बार्सिलोनाले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता रियल मड्रिडले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )
-
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने
-
नयाँ वर्ष पारेर राजेश हमाल सरे बुढानीलकण्ठस्थित नयाँ घर
-
नयाँ वर्ष पारेर ‘ढुकढुकी’ निर्माण घोषणा