दार्जिलिङमा कवि दिनेश अधिकारीको एकल कविता वाचन
सोमबार, २६ कात्तिक २०८१, ०२ : ५०

काठमाडौँ । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत बुधबार सम्पन्न कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१को अवधिमा लेखिएका करिब दुई दर्जन चर्चित कविता तथा गीत वाचन गरे ।
त्यस अवसरमा कवि अधिकारीले लेखनका सम्बन्धमा आफ्ना मान्यता र वाचित सिर्जनासँग जोडिएका प्रसङ्गहरु सुनाएका थिए । आयोजक संस्थाका अध्यक्ष एवम् समालोचक राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका कवि अधिकारीका कविता र गीत उत्कृष्ट रहेकाले विभिन्न भाषामा अनुवाद हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।
संस्थाकी सचिव शीला लामाले यस्ता कार्यक्रमले स्रष्टाको सम्मान र कृतिको ओज थपिने धारणा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक