गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने
सोमबार, २६ कात्तिक २०८१, ०० : ३०

गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय भाडादर कायम गरेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
-
तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
-
जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा, कहाँ को ?
-
पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न, तस्बिरहरू
-
प्रभसिमरन र प्रियांशको विस्फोटक ब्याटिङ, म्याक्सवेल फेरि फ्लप