सबै धर्म, भाषा र संस्कृतिको संरक्षण आवश्यक छ : कोइराला

इलाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताएका छन् ।
आइतबार इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आयोजित राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्ती समारोह उद्घाटनमा बोल्दै उनले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुकका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताए ।
उनले नेपालका विभिन्न धर्म, धाषा र संस्कृतिले नेपाली राष्ट्रियतालाई बलियो बनाएको उल्लेख गरे । नेता कोइरालाले शताब्दीऔँदेखि नेपालीले विविधतामा एकता कायम गर्दै पहिचान, संस्कृति र परम्पराको पालना गर्दै आइरहेको बताए । 'सामूहिक भावबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले नेपाली राष्ट्रियता बलियो भएको छ,' कोइरालाले भने, 'यसलाई थप मजबुत बनाउन सबै पक्ष एकताका साथ लाग्नुपर्छ ।'
उनले फाल्गुनन्दको ‘सत्य, शान्ति र अहिंसावादी’ दर्शनलाई पछिल्लो किरात समुदायले अनुसरण गर्दै अन्तर्राष्ट्रिय समुदायबीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पुर्याएको बताए ।
जन्मजयन्तीका अवसरमा यहाँ निर्माण गरिएको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्नाका साथै किरात माङहिम (मन्दिर) उद्घाटनसमेत गरिएको छ । फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारको अन्त्य गर्न विसं १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी, बुद्धिजीवीहरुलाई आम भेला गराई सातबुँदे ‘सत्यधर्म मुचुल्का’ निर्माण गरेका थिए ।
माङसेबुङ गाउँपालिका–२ (साविक इभाङ–५) चुक्चीनाम्बामा विसं १९४२ कात्तिक २५ गते जन्मिनुभएका फाल्गुनन्दको विसं २००५ चैत २२ गते ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो । फाल्गुनन्दलाई सरकारले विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । किरात धर्मावलम्बीहरुले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय