कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कर्णाली । कर्णाली प्रदेशरका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट जीप दुर्घटनाका घाइतेको प्रभावकारी रूमिा उपचार गर्न निर्देशन दिएका छन् ।
दुर्घटना भएलगत्तै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका मुख्यमन्त्री कँडेलले उपचार शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले थप मानवीय क्षति हुन नदिने गरी चिकित्सकलाई उपचारमा खटिन आग्रह गरे ।
आज दिउँसो कालीकोटको पलाँता गाउँपलिका–५ स्थित खिनदेखि थिर्पुअर्फ जाँदै गरेको क ००१ ज ५६ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–३ को राडुनेटा भन्ने स्थान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका–५ का छाया शाही र वडानं ३ का दमन रोकायाको घटनास्थल र चालक धनिराम रावतको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको जनाइएको छ ।
घाइते १२ जनाको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
-
धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
-
भन्सार नाका अस्तव्यस्त अवस्थामा छन् : सांसद गिरी