एनआरएनए इजरायलले अन्तर्राष्ट्रियस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले अन्तर्राष्ट्रियस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । १४ डिसेम्बर २०२४ मा विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबिच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्वितीयलाई एक लाख र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
इजरायललगायत विश्वका विभिन्न देशहरूमा वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायत विभिन्न सिलसिलामा बसोबास गर्दै आएका नेपालीहरूले सहभागिता जनाउन पाउने संघका महासचिव अलि मोहम्मद मियाले जानकारी दिए ।
प्रतियोगिता अनलाइन माध्यमबाट हुनेछ । त्यसका लागि अनलाइन मार्फत नै फाराम भर्न सकिने र दर्ता शुल्क २० यूरो तथा ५० सिकेल (इजरायली रूपैयाँ) तोकिएको छ ।
समृद्ध नेपाल, गैरआवासीय नेपालीहरूको भूमिका, गैरआवासीय नेपालीहरूको साझा अभियान : वैदेशिक सिकाई र लगानी हाम्रो स्वाभिमान लगायतका विषयमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा