गाजा आक्रमणको विरोधमा प्रदर्शनसहित दूतावासलाई संयुक्त ज्ञापनपत्र बुझाइने
काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा प्यालिस्टिनीहरूमाथि निरन्तर गरेको आक्रमणको विरोधमा नेपालका राजनीतिक दल, बृहत् नागरिक आन्दोलन, पेसागत संगठनहरू, मजदुर संघहरू, विद्यार्थी र युवा संगठनका प्रतिनिधिहरूले नेपालस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
कार्तिक २६ गते दिउँसो १ बजे शंखधर पार्क(पहिलेको रत्नपार्क)मा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दै लाजिम्पाटस्थित इजरायली दूतावासमा ज्ञापनपत्र दिन जान लागेको संयुक्त अभियानका संयोजक श्याम श्रेष्ठले जानकारी दिए ।
विरोध प्रदर्शनमा सामाजिक जीवनका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू, लेखक कलाकारहरू समेत सहभागी हुने संयोजक श्रेष्ठले जानकारी दिए ।
गाजा क्षेत्रमा एक वर्षयता ४४ हजारभन्दा ज्यादा प्यालिस्टिनीहरूको हत्या भइसकेको छ । तीमध्ये झण्डै ७० प्रतिशत महिला र केटाकेटी रहेका छन् । त्यस्तै सो क्षेत्रका ८० प्रतिशत विद्यालय र झण्डै आधा घर र अस्पताल ध्वस्त भएका समाचारहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन