राष्ट्रपति विदेश भ्रमण उड्दा आधा घण्टा विमानस्थल ठप्प
आइतबार, २५ कात्तिक २०८१, १७ : ४८
![राष्ट्रपति विदेश भ्रमण उड्दा आधा घण्टा विमानस्थल ठप्प](https://npcdn.ratopati.com/media/news/capture_y9KegkidSi.png)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडान आधा घण्टासम्म बन्द गरिएको छ ।
पौडेल कोप २९ को बैठकमा सहभागी हुन आइतबार ५ः २५ मा अजरबैजानका लागि उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त समयको १५ मिनेट अघि र पछि विमानस्थलबाट हुने अरू नियमित उडान बन्द गरिएको हो ।
मुलुकका उच्च पदस्थ व्यक्तिहरू औपचारिक कार्यक्रमको लागि विदेश भ्रमणमा जाँदा सुरक्षाका कारण अन्य उडान बन्द गर्नुपरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थल आधा घण्टा बन्द गरिएपछि नियमित उडान, अवतरण तालिका थप भद्रगोल भएको छ ।
यसै पनि कात्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका कारण ३० प्रतिशत उडान अवतरण कटौती गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित