दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण
आइतबार, २५ कात्तिक २०८१, १७ : ४३

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी दलित संघ केन्द्रिय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ । आइतबार पार्टी मुख्य कार्यालय सानेपामा कार्यक्रमको आयोजना गरि संघको केन्द्रिय समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
उनीहरूलाई पार्टी उपसभामुख पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ सहमहामन्त्री जीवन परियार लगायतले प्रमाणपत्र वितरण गरेका हुन् । सभापति शेरबहादुर देउवाले असोज १३ गते नेपाल दलित संघको तदर्थ समिति अध्यक्षमा लोकबहादुर विश्वकर्मालाई चयन गरेका थिए ।
असोज १६ गते देउवाले विश्वकर्माको अध्यक्षतामा २४० सदस्य थप्दै समिति विस्तार गरेका थिए । उनीहरूलाई आज प्रमाणपत्र वितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व