नेपालमा बर्सेनि थपिन्छन् २६ हजार क्यान्सरका बिरामी

काठमाडौँ । नेपालमा बर्सेनि २६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. कृष्णसागर शर्माका अनुसार नेपालमा प्रत्येक वर्ष २६ हजारको हराहरीमा क्यान्सरका नयाँ बिरामी थपिएका हुन् ।
बर्सेनि थपिने बिरामी सबै उमेर समूहको हुने गरेको उनले रातोपातीसँग कुराकानीका क्रममा बताए । ‘नेपालमा प्रत्येक वर्ष २६ हजारको हराहरीमा क्यान्सरका बिरामी थपिन्छन् ,’ उनले भने, ‘ यो सङ्ख्या सबै उमेर समूहका हुन्छन् ।’
उनका अनुसार २६ हजार क्यान्सरका नयाँ बिरामीमध्ये १२ देखि १४ हजार क्यान्सरका बिरामी उपचारको पहुँचमा पुग्ने गरेका छन् । करिब आधा बिरामी आर्थिक अभाव, सचेतनाको कमी लगायत कारणले उपचारको पहुँच हुन नसकेको उनले बताए ।
उनका अनुसार क्यान्सरको २ देखि ४ महिना उपचार गराउँदा निको भएजस्तो भएपछि बिचमा नै उपचार गराउन छोड्ने गरेको पाइएको छ । तर पछि बल्झेपछि आउने जस्ता क्यान्सर उपचारमा समस्या रहेको उनको भनाई छ । नेपालमा सबैभन्दा बढी नसर्ने रोगमा मुटुको रोग पर्ने अबको केही वर्षपछि क्यान्सर रोग बढी हुन सक्ने उनको आङ्कलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए