सिटाडेल: हनी बनीको सेटमा बेहोस भएकी थिइन् सामन्था
नयाँ दिल्ली । सिटाडेल: हनी बन्नी नोभेम्बर ६ मा अमेजन प्राइममा रिलिज भएको छ । यो सिरिजमा वरुण धवन र सामन्था रुथा प्रभु मुख्य भूमिकामा छन् । हालै वरुण धवनले सिरिजको सुटिङका क्रममा सामन्थाको स्वास्थ्य बिग्रिएको बताएका छन् । सुटिङको क्रममा एक पटक अभिनेत्री सेटमा बेहोस नै भइन् । उनको अवस्था देखेर अभिनेता निकै चिन्तित बने ।
सिरिजको सुटिङका क्रममा सामन्थाले आफूलाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा पाएकी थिइन् । यो थाहा पाएपछि उनी सिरिज छाड्न चाहन्थिन् । सिरिजका निर्माताले आफूलाई साथ र हौसला नदिएको भए फेरि क्यामेराको अगाडि आउन धेरै समय लाग्ने हालै द हलिउड रिपोर्टरलाई दिएको एक अन्तरवार्तामा सामन्थाले बताइन् ।
यसबारे वरुण धवनले भने, ‘म यसमा थप्न केही चाहन्छु, सेटमा दुईवटा यस्ता घटना घटे जसले मेरो मुटु नै चुँडिएला जस्तो भयो । म धेरै चिन्तित थिएँ । मलाई याद छ एक दिन हामी सुटिङ गरिरहेका थियौं, उसले मलाई आफ्नो अवस्थाबारे धेरै बताएकी थिइनन् । उसले भर्खरै आफ्नो आँखा चिम्लिएकी थिइन् । त्यसको २ घण्टापछि सेटमा अक्सिजन ट्याङ्की आयो । उनी कुनामा बासेर अक्सिजन लिइरहेकी थिइन् । त्यो दिन ऊ बिदामै बस्न पनि सक्थिन् । तर सेटमा अक्सिजन लिएर काम गरिन् ।’
अभिनेता अझ अगाडि भन्छन्- ‘दोस्रो घटना यो थियो कि हामीहरू रेलवे स्टेसनमा सुटिङ गरिरहेका थियौँ । उनी मेरो पछि दौडेर आउँदै थिइन् । हामीले क्यामेरा क्रस गर्नुपर्थ्यो । म क्यामेरा भएको ठाउँसम्म अनि सामन्था त्यहीँ ढलिन् ।’ सामन्था बेहोस हुँदा आफू चिन्तित भएको र चिच्याएको वरुणले सम्झिँदै भने । यत्तिकैमा टिम युनिट आएर सामन्थालाई सम्हालेको पनि उनले बताए ।
दुई वर्षदेखि मायोसिटिससँग संघर्ष गरिरहेकी छिन् सामन्था
सन् २०२२ मा सामन्थाले आफूलाई मायोसाइटिस नामक दुर्लभ रोग भएको भन्दै पोस्ट सेयर गरेकी थिइन् । मायोसाइटिस भएको थाहा भएपछि सामन्थाले फिल्मबाट ब्रेक लिएकी थिइन् । डाक्टरहरुले उनलाई सार्वजनिक स्थलबाट टाढा रहन सुझाव पनि दिएका थिए ।
यो एक प्रकारको अटो–इम्यून रोग हो जसमा शरीरका मांसपेशीहरू बिस्तारै कमजोर हुँदै जान्छन् । यस्तो अवस्थामा हिँडडुल गर्न र उभिन गाह्रो हुँदै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी