चाबहिलस्थित इन्टेरियर गोदाममा आगलागी

काठमाडौँ । काठमाडौँको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो ।
आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, विद्युतीय सामाग्री, प्लाई लगाएका सामाग्री जलेर नष्ट भएको छ भने आगलागीले वरपरका अन्य घरहरूमा समेत केहि क्षति पुराएको छ ।
आगलागी भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत उपत्यकाका तीनै जिल्लाका वारुणयन्त्रको सहायताले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।
इन्टेरियर कम्पनी आर्टस इन्टरनेशनल प्रालिका सञ्चालन सञ्जीव भण्डारीले आगलागीका समयमा गोदाममा कोही कामदार नभएको र कसरी आगो लाग्यो भन्ने अन्योलमा रहेको बताए । आगलागीका कारण ठुलो क्षति भएको उनले बताए । आगलागीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
यी हुन् शिक्षकहरूले अघि सारेका २२ बुँदे माग