लिलाबल्लभमाथि अनुसन्धान गर्न अदालतले दियो २ दिनको म्याद

काठमाडौँ । नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने जानकारी दिए ।
जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ । उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने
-
सरकारी लेटरहेडमै पूर्वराजालाई 'श्री ५' को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?
-
कहाँ फ्याँक्नु पर्छ म्याद गुज्रिएका औषधि ?
-
मनाउँछौँ दिवस मानेर आनन्द
-
स्वास्थ्यसचिव नियुक्ति विवाद : गल्ती डा. मिश्राको कि सरकारको ?