शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब चार्ली च्याप्लिनको मृत्यु भएको केही महिनापछि शव चिहानबाट गायब भयो...

आइतबार, ०६ जेठ २०७५, ११ : ५७
आइतबार, ०६ जेठ २०७५

स्विटजरल्याण्डको एक गाउँ कोर्सियर–सर–वेवेका बासिन्दा सधैंझैं मस्त निन्द्रामा थिए । उनीहरुलाई यो कुराको अन्दाज थिएन कि गाउँ नजिकैको चिहानमा यस्तो घटना हुँदैछ छ जुन संसारभरीको पत्रिकाको हेडलाइन बन्नेछ । दुई व्यक्ति गाउँको चिहानमा छिर्छन् । उक्त चार सय व्यक्तिको चिहानबाट एक विशेष चिहान खोज्दै अगाडि बढ्छन् । अन्त्यमा उनीहरु एउटा चिहानमा रोकिन्छन् । अन्य चिहानभन्दा ठूलो र धेरै सजाइएको चिहानमा लेखिएको थियो –

चार्ली च्याप्लिन (सन् १८८९–१९७७)

अर्को दिन चार्लीको चिहान खाली थियो ।

के भएको थियो त्यस दिन ?

चार्ली च्याप्लिनको पूरा जीवन लाइमलाइटमा बित्यो । त्यो लाइमलाइट चार्लीको जीवनमा यसरी टाँस्सियो कि मृत्यु पछि पनि उनले शान्ती पाएनन् ।

चार्ली च्याप्लिनको मृत्यु भएको दुई महिनापछि शव चिहानबाट गायब भयो । हंगामा मच्चिनु स्वभाविक थियो, त्यसकारण ठूलै खैलाबैला भयो । कसैले प्रशंसकले शव लिएर गएको बताए, कतिले रिसाएका नाजीले उनको शव चोरेर लगेको भने । कतिले नाजीको कुरालाई सही मानिरहेका थिए । आफ्नो फिल्म ‘द ग्रेट डिक्टेटर’ बाट चार्लीले नाजीहरुबाट घृणा पाएका थिए ।

सबैले विभिन्न कयास लगाइरहेका थिए । तर कारण त्यतिबेला स्पष्ट भयो जब चार्लीकी श्रीमती ऊनालाई एउटा फोन आयो –

६ लाख डलर देउ, र आफ्ना श्रमानको शव लैजाउः

६ लाख डलर अहिलेको समयको ६ करोड ५१ लाख रुपैयाँ । ऊनाले ती व्यक्तिहरुलाई पैसा दिन अस्विकार गर्दै जवाफ दिइन् –

‘मेरा श्रीमान् अहिले स्वर्गमा छन् र मेरो मनमा पनि । म शवका लागि पैसा दिन्नँ ।’

यतिमात्र होइन, ऊनाको मान्यता थियो कि यदि चार्ली जिउँदो भए पनि उनलाई फिरौती रकमको कुरा बकवास नै लाग्थ्यो ।

पुलिसले रात दिन नभनी अपराधीलाई पत्ता लगाएरै छाडे । चार्लीको शव चोर्नेमध्ये एकको नाम थियो रोमन वारदास र अर्कोको ग्याचो गेवेन । दुबै मोटर मेकानिक थिए र शरणार्थी पनि । पैसाका लागि उनीहरुले यस्तो काम गरेका थिए । पुलिसको अनुसन्धानमा पत्ता लाग्यो उनीहरुले चार्लीको शवलाई कोर्सियरबाट एक मील पर मकैको खेतमा गाडेका थिए । पछि परिवारले च्याप्लिनको शरिरलाई कंक्रिटको चिहानमा गाडे ता कि कसैले पनि यस प्रकारको काम दोहोराउन नसकोस् । घटनाका मास्टरमाइन्ड वासदास थिए त्यसकारण उनलाई चार वर्षको जेल सजायँ तोकियो । गेनेवको भूमिका कम भएकाले उनलाई १८ महिनाको सजायँ तोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप