जापान मानव तस्करी प्रकरण
एमाले प्रदेशसभा सदस्य अधिकारीमाथि मानव बेचबिचखसम्बन्धी कसुरमा अनुसन्धान
आइतबार, २५ कात्तिक २०८१, १६ : २९

काठमाडौँ । नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने जानकारी दिए ।
जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ । उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतसँग प्रहरीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद