जापान मानव तस्करी प्रकरण
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौँ लगियो
आइतबार, २५ कात्तिक २०८१, १६ : १५

काठमाडौँ । जापानमा जाँदा असम्बन्धित मान्छेलाई सँगै लगेर मानव तस्करीको प्रयास गरेका भनिएका कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ जिल्ला अदालत लगेको छ ।
प्रहरीले आइतबार बिराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएसँगै अधिकारीलाई काठमाडौँ प्रहरी परिसर, सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ लगेको हो ।
अधिकारीलाई कात्तिक १३ गते जापान उडेपनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् । घटना सार्वजनिक भएपछि उनले मन्त्री र पार्टी जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहाँ फ्याँक्नु पर्छ म्याद गुज्रिएका औषधि ?
-
मनाउँछौँ दिवस मानेर आनन्द
-
स्वास्थ्यसचिव नियुक्ति विवाद : गल्ती डा. मिश्राको कि सरकारको ?
-
निर्माण भएको तीन वर्षसम्म ताला ठोकिएको सिटी हल उद्घाटन, अब सञ्चालनमा आउला ?
-
गणतन्त्रका शासक बिग्रँदा राजावादी उठे
-
तस्बिरमा हेर्नुहोस् पूर्वराजाको निर्मल निवासतर्फको यात्रा