दुर्घटना
कालीकोटमा जीप दुर्घटना
आइतबार, २५ कात्तिक २०८१, १६ : ०५

काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ७ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै रातोपाटीलाई बताइन् । मृतकमध्ये एक जनाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।
आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन