बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘दंगल गर्ल’ फातिमा शेखलाई छारे रोग

आइतबार, २५ कात्तिक २०८१, १५ : ५८
आइतबार, २५ कात्तिक २०८१


नयाँ दिल्ली । आमिर खानको फिल्म दंगलबाट चर्चामा आएकी अभिनेत्री फातिमा सना शेखलाई छारे रोग लागेको छ । फिल्मको सुटिङका ​​क्रममा आफू बेला बेलामा अचेत हुने गरेको र यसको कारण छारे रोग भएको थाहा पाएको हालै अभिनेत्रीले भनेकी थिइन् ।

सार्वजनिक कार्यक्रममा छारे रोगले च्यापेर बेहोस वा अचेत हुने हो कि भनेर अभिनेत्रीले त्यस्ता कार्यक्रम जानै छाडिदिएकी थिइन् । तर विस्तारै उनले यो रोगसँग लडिन् । अहिले उनी खुलेर यसबारे कुरा गरिरहेकी छिन् ।

फिल्म फेयरलाई दिएको अन्तरवार्तामा फातिमाले भनिन्, ‘दंगलको सुटिङका ​​क्रममा मलाई छारेर रोग लागेको थाहा भयो । शुरुमा त न्यूरोलोजिकल डीसअर्डर भएको कुरा स्वीकार गर्न म तयारै थिइनँ । त्यसैले मैले कुनै औषधि खाइनँ ।’  
 
‘मलाई डर थियो कि मानिसहरूको सामु नै म अचेत भए भने के गर्ने ? छारे रोगलाई धेरैले कलंक ठान्छन् । केही गरी म सार्वजनिक कार्यक्रममा अचेल भएको भए मानिसहरूलाई या त म ड्रग्स लिन्छु वा लाइमलाइटमा रहन यस्तो गरे वा मलाई भूत–प्रेत लाग्यो भन्ने लाग्न सक्थ्यो र टाढिनु पर्छ भन्ने सोच्छन्’ अझ अगाडि अभिनेत्री भन्छिन् ।

अधिकांश मानिसहरूलाई छारे रोगबारे थाहा छैन । यसको उपचार कसरी गर्ने भन्नेबारे ज्ञान पनि कम भएको उनी बताउँछिन् । आफूले  समयमा औषधि नखाने गरेकोले आफूलाई धेरै च्याप्ने गरेको पनि उनले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप