एक दर्जन बढी निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालोसूचीमा
आइतबार, २५ कात्तिक २०८१, १५ : ४९

काठमाडौँ । एकै पटकमा एक दर्जन निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा काम नगर्ने १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।
कात्तिक २१ को निर्णयअनुसार कार्यालयले विभिन्न सरकारी निकायबाट सिफारिस भएका १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका यी कम्पनीले १ वर्षदेखि साढे दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा